
काठमाडौं । आज यमपञ्चकको पाँचौँ दिन भाइटीका अर्थात तिहारको मुख्य दिन ।
कार्तिक शुक्ल भ्रातृद्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य तथा दीर्घायुको कामना गर्दै दाजुभाइलाई टीका लगाइदिने चाड हो ।
भाइटीकाका लागि आज बिहान १० बजेर ५१ मिनेटमा उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि टीका भने आज दिनभर टीका लगाउन सकिने जनाइएको छ ।
भाइटीकामा दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी, यमराज र यमुनाको पूजा गरेर दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी वा पञ्चरंगी टीका लगाउने गरिन्छ ।
दाजुभाइको निधारमा टीका लगाइदिएपछि मखमली वा दुवोको माला लगाइदिएर तेल र जलको धाराले दाजुभाइलाई घेराभित्र पारिन्छ । यसपछि दाजुभाइलाई फलफूल, मसला, सेलरोटीलगायतका मीठामीठा परिकार खुवाउने तथा उपहार दिने गरिन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा उपहार दिने चलन छ ।
प्रतिक्रिया दिनुहोस्