
काठमाडौं । जाजरकोटमा भूकम्पको परकम्प आउनेक्रम जारी छ ।
गएराति सवा ९ बजे जाजरकोटको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जाजरकोटमा कार्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट १५४ जनाको ज्यान गएको छ भने ३६४ जना घाइते भएका छन् ।
भूकम्पबाट २६ हजार ५५७ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्