
काठमाडौं । विश्व शौचालय दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
विश्व शौचलय दिवसको अवसरमा यस पटक मंसिर १ गते (भोलि) सार्वजनिक शौचालयको व्यवस्थापनको सेरोफेरोमा रहेर गोष्ठी हुने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले गोष्ठीमा ५ वटा कार्यपत्र प्रश्तुत गरी छलफल गरिने बताउनुभयो ।
उहाँले छलफलबाट प्राप्त निस्कर्ष र सुझावहरु नेपाल सरकार र सरसफाईमा संलग्न राष्ट्रसंघीय निकाय समक्ष प्रस्तुत गरिने बताउनुभयो । उहाँले यस गोष्ठीले दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रसंघद्वारा निर्धारित गरिएको दिगो विकास लक्ष्य प्राप्त गर्ने नेपालको विश्वासलाई सहयोग गर्ने लक्ष्य रहेको बताउनुभयो ।
विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्