
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ९ ज्यामिरेमा रहेको खोदम्पा मगर सेवा समाजले सामाजिक काम गर्ने उद्देश्यले देउसी खेलेको छ ।
४२ वर्ष अघिदेखि देउसी खेलिरहेको समाजले यसवर्ष गाउँमा रहेको निर्माणाधीन खेलमैदान पूरा गर्ने उद्देश्यले देउसी खेलेको हो ।
यसअघि देउसी खेलेर जुटेको रकमबाट विपन्नलाई घर, पोल्ट्रिक सेट स्थापना, समस्यामा परेकाहरुलाई उपचारमा सहयोग, कुवा मर्मत, सांस्कृतिक भेषभुषा खरिदलगायतका महत्वपूर्ण काम गरेको संस्थाका कुमार थापा मगरले जानकारी दिनुभयो ।
समाजमा आवद्ध ७५ घरधुरी मिलेर रमाइलो गर्दै यहाँका मगर समुदायले देउसी खेलेका हुन् ।
यहाँका मगर समुदायले परम्परागत लोक संस्कृतिलाई निरन्तरता दिँदै देउसी खेल्दै आएका छन् । यसवर्ष सो संस्थाले देउसी खेलेर २ लाखभन्दा बढी रकम जुटाएको छ ।
प्रतिक्रिया दिनुहोस्