
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय दुई दिवसीय प्रशिक्षण शनिबारबाट सुरु भएको छ ।
ओखलढुंगास्थित जिल्ला समन्वयको सभाहलमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कोसी प्रदेश समितिका इन्चार्ज रकम चेम्जोङ लगायतका नेताहरुले प्रशिक्षण दिदैछन् ।
प्रशिक्षण कार्यक्रममा कासी प्रदेश अन्तर्गत रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय नेताहरु, प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति, पालिका समिति र भ्रातृ सङ्गठनका प्रतिनिधि सहभागी रहेका छन् । यसैबीच जसपाको ओखलढुंगा जिल्ला समिति पुनर्गठन गरिएको छ ।
शनिबार आयोजित कार्यक्रमबाट खेमराज खड्काको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रकाश तामाङ, सचिव पासाङ निमा शेर्पा, उपसचिव निर्मल सुनुवार, चम्मर राई र कोषाध्यक्ष सुइटी शाह चयन भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्