२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जाजरकोटमा चिसोका कारण थप तीनको मृत्यु


507
Shares

काठमाडौं । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको मृत्यु भएको छ ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

डुमे दमका दीर्घरोग थियो । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उहाँको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उहाँको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताउनुभयो ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका,सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।