
काठमाडौं । नेदरल्याण्ड्स, स्विट्जरल्याण्ड र रोमानिया युरोकप फुटबलका लागि छनौट भएका छन् ।
गएराति भएका खेलहरुमा आफु अनुकुल परिणाम निकाल्दै यी तीन देश अर्को वर्ष जर्मनीमा हुने युरोकपका लागि छानिएका हुन् ।
समुह ‘बी’ को खेलमा आयरल्याण्डलाई १–० ले हराउँदै नेदरल्याण्ड्स युरोकपमा छानिएको हो ।
यही समुहको अर्को खेलमा फ्रान्सले जिब्रलटारलाई १४–० को विशाल गोलअन्तरमा हरायो । यो समुहबाट फ्रान्स पहिले नैं युरोकपमा छानिएको थियो भने गएरातिको जितपछि नेदरल्याण्ड्स दोस्रो हुँदै युरोकपमा पुगेको हो ।
समुह ‘आई’ का खेलहरुमा गएराति रोमानियाले इजरायललाई २–१ ले हराउँदा स्विट्जरल्याण्डले कोसोभोसँग १–१ गोलको बराबरी खेल्यो । बेलारुसले एण्डोरालाई १–० ले हरायो । यो समुहमा ९ खेलबाट रोमानियाको १९ अंक भयोभने स्विट्जरल्याण्डको १७ अंक भएको छ ।
अर्को वर्ष हुने युरोकप फुटबलका लागि अहिलेसम्म १६ टोलीको टुंगो लागिसकेको छ । यो संस्करणदेखि युरोकप फुटबलमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्