
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा सोमबार बिहान वीङ्गर गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नोचास्थित छठघाटमा छठ पूजा गरेर घर फर्किदै गरेकी सोही ठाउँकी ५२ वर्षीया लक्ष्मी पोखरेलको दुर्घटनामा मृत्यु भएको हो ।
लालबन्दीबाट यात्रु लिन हरिवनकै नयाँरोडतर्फ गइरहेको मधेश प्रदेश–०३–००१ ज ०३४२ नम्वरको वीङ्गरले आज बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन लगिएकोमा त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरका छन् ।
गाडीको ठक्करबाट छठ घाटस्थलमा सडक सुरक्षार्थ खटिएका एक ट्राफिक हवल्दार समेत घाइते भएका छन् ।
ट्राफिक प्रहरी पोष्ट हरिवनमा कार्यरत ट्राफिक प्रहरी हवल्दार सुवोध कुमार यादव घाइते भएका हुन् ।
बाँया खुट्टामा चोट लागेर घाइते भएका ट्राफिक प्रहरी हवल्दार यादवलाई हरिवनमा सामान्य उपचारपछि लालगढ अस्पताल, धनुषा रेफर गरिएको हरिवन प्रहरीले जनाएको छ ।
उक्त वीङ्गरले सडक छेउमा रोकिराखेको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पु¥याएको छ ।
वीङ्गर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्