१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूकम्प पीडितका लागि त्रियुगा नगरपालिका राहत सामग्री लिएर जाजरकोट प्रस्थान


0
Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भूकम्प पीडितका लागि राहत सामाग्री लिएर त्यसतर्फ प्रस्थान गरेको छ ।

त्रियुगा नगरपालिकाले ९ लाख रुपैयाँ बराबरको राहत सामाग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट जान लागेको हो ।

नगरपालिकाले आफ्नै कोष तथा सहयोगी सङ्घ संस्थाबाट सङ्कलन गरी जुटाएको रकमबाट खाद्यान्न लगायत विभिन्न औषधि तथा लत्ताकपडा सहयोग गरेको नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिनुभयो ।

यसअघि नगरपालिकाले भूकम्प प्रभावित जाजरकोटका निम्ति राहतका लागि आव्हान गरेको थियो ।

राहत सामाग्रीका लागि त्रियुगा उद्योग बाणिज्य संघले एक लाख बराबरको सहयोग र त्रियुगा मेडिकल तथा नगर स्वास्थ्य शाखाबाट औषधिहरु उपलब्ध गराएको नगर प्रमुख बस्नेतले बताउनुभयो ।

यस्तै ओरेक नेपाल, पिसजोन स्कुल गाईघाटले पनि सहयोग सामाग्री उपलब्ध गराएको त्रियुगा नगरपालिकाले जनाएको छ ।