६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


राज्य सत्ता आधुनकि राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ : सांसद शर्मा


260
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनकि राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाउनुभएको छ ।

मंगलबार विदेश भ्रमण गरी स्वदेश फर्किनुभएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताउनुभयो ।

सांसद शर्माले दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिबका आवाज उठाउन नदिएको बतउनुभयो । उहाँले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारका सदस्यहरुले गरेको आरोप लगाउनुभयो ।

सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताउनुभयो ।