
काठमाडौं । सरकार र तत्कालीन विद्रोही माओवादीबीच शान्ति सम्झौता भएको १७ वर्ष पूरा हुँदा पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो नलागेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा विस्तृत शान्ति सम्झौताका बाँकी काम यथाशक्य छिटो टुंगोमा पु¥याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
तत्कालीन विद्रोही माओवादी र सात दलबीच २०६३ मंसिर ५ मा १२ बुँदे सम्झौता भएको थियो । शान्ति सम्झौताअनुसार सेना समायोजन, राज्यको पुनःसंरचनासहित संविधानको निर्माण सम्पन्न भएको छ । तर, संक्रमणकालीन न्यायको टुंगो लागेको छैन ।
संक्रमणकालीन न्यायको टुंगो लगाउने भनेर राजनीतिक दलका नेताहरूबीच पटकपटक छलफल भए पनि निश्कर्षमा पुग्न सकेको छैन । यससँग सम्बन्धित विधेयक संसदमा विचाराधीन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्