
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बुधबार बैठक बस्दैछ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक योजना तयारी, नेताहरु परिचालन लगायत विषयमा छलफल हुने बताइएको छ ।
सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि एमालेले मंसिर १४ गतेदेखि ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ गर्दैछ ।
अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुहुनेछ । केन्द्रीय कमिटी बैठकमा पार्टीको आन्तरिक जीवन, देशको पछिल्लो अवस्था लगायत समसामयिक विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।
कात्तिक २२ गते बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्