२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


चीनको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्छ : अध्यक्ष तिमिल्सिना


104
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले बिआरआईको कार्यान्वयनमा कमी कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।