२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँचीका सबै पालिकामा एकादशीको मेला हेर्न बिदा


429
Shares

अर्घाखाँची । अर्घाखाँचीका ६ वटै पालिकाले आज हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाले आज बिदा दिएका हुन् ।

शिक्षण सस्था, स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा स्थानीय बिदा दिइएको जनाइएको छ । स्थानीय बिदा भनिएपनि हरिबोधिनी एकादशीमा भैलो नाच र मेला हेर्नका लागि बिदा दिइएको हो ।

यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका त्रिवेणी धाममा मेला लाग्ने तथा सन्धिखर्क र चुत्राबेसी बजारमा देउसी, भैली पनि नाच्ने गर्दछन् ।

अर्घाखाँचीका अधिकांश स्थानमा भैलो नाच नाच्ने गर्दछन् । साथै छिमेकी जिल्ला कपिलवस्तु, प्युठान लगायतका जिल्लाबाट समेत भैलो नाच नाच्न आएका छन् ।