२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगामा पहिरोपीडितलाई सहयोग


351
Shares

ओखलढुंगा । ओखलढुंगा जिल्ला समाज युकेले ओखलढुंगाको बिलन्दु पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष नारायण गुरुङ, संयोजक कृष्णबहादुर गुरुङ र कोषाध्यक्ष सुरेश श्रेष्ठको उपस्थितिमा पहिरोपीडिलताई ४ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बिहीबार एक कार्यक्रमका बीच गत असारमा गएको पहिरोबाट मृत्यु भएका मृतक परिवार तथा भौतिक क्षति भएका परिवारलाई नगद सहयोग गरिएको थियो ।

पहिरोपीडित ४६ परिवारलाई क्षतिका आधारमा सहयोग गरिएको हो । रोजगारीका लागि बेलायतमा रहेका ओखलढुंगावासीले गरेको सहयोगले पहिरोपीडितलाई राहत मिलेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताउनुभयो ।

संस्थाका कार्यक्रम संयोजक कृष्णबहादुर गुरुङले सहयोगी भावनाका साथ बेलायतबाट आएर सहयोग गरेको बताउनुभयो ।

बेलायतमा विभिन्न पेशा व्यवसायमा आवद्ध ६० जनाले पहिरोपीडितका लागि सहयोग गरेका हुन् । संस्थाले जिल्लाभित्र यसअघि पनि सामाजिक काम गर्दै आएको छ ।