
प्रतीकात्मक।
काठमाडौं । नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् ।
भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
बिहीबार साँझ परिवारको सम्पर्कमा नआएका उनलाई शुक्रबार बिहान खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्