६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


माइतीघरमा भएको निषेधाज्ञामा कारण देखाउ आदेश जारी


1.183k
Shares

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्धको रिट निवेदनमा कारण देखाउ आदेश जारि गरेको छ ।

न्यायाधीश आन्नद मोहन भट्टराईको एकल ईजलासले उक्त रिट निवेदनमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश जारि गरेको हो ।

ईजलासले अन्तरिम आदेशको सम्बन्धमा भने छलफल हुने आदेश गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले गत मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।