
झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले विर्तामोड १ स्थित इकम कलेजले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको छ ।
इकन कलेज परिसरमा तयार पारिएको शाहको सालिक शनिबार दिउँसो पूर्वराज शाहले अनावरण गर्नुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयोजनमा भएको कार्यक्रमकाबीच सालिक अनावरण गरिएको हो । समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत हुनुहुन्थ्यो । शालिक अनावरण कार्यक्रमका लागि पूर्व राजा शाह शुक्रवार बेलुका झापा पुग्नुभएको थियो ।
हजारौं समर्थकका बीच कलेज परिसर आएका पूर्व राजा ज्ञानेन्द्रको समर्थनमा ‘राजा आउँ लगाएका थिए । विर्तामोड पश्चिम भाटभटेनी परिसरबाट झण्डै एक किलोमिटर पश्चिम उत्तरमा रहेको कलेज परिसरसम्म नै पूर्व राजा हिँडेर सर्वसाधारणसँग भेट गर्दै पुग्नुभएको थियो । हजारांै समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए । सुरक्षाकर्मीले सुरक्षा घेरामा राखेर पूर्व राजा ज्ञानेन्द्रलाई कार्यक्रम स्थलसम्म पुर्याएका थिए ।
पूर्वराजा कलेज परिसर पुगेलगत्तै पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको थियो । कार्यक्रममा सहभागी बन्न गाउँगाउँबाट हजारौंको संख्यामा सहमागी थिए । कार्यक्रममा अभियन्ता दुर्गा प्रसाईँका समर्थनमा नाराबाजी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्