१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रास्वपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा जारी


208
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ ।

बैठकमा मंगलबार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । यसैगरि महामन्त्री मुकुल ढकालले नीति विचार पेस गर्ने कार्यतालिका रहेको छ ।

बुधबारसम्म चल्ने बैठकले पार्टीको विधानअनुसार महाधिवेशनको प्रक्रियाबारे निर्णय लिने प्रवक्ता डा. ढकालले जानकारी दिनुभयो ।

बैठकको पहिलो दिन सोमबार प्रदेश सभापतिहरूले प्रदेशको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकमा सांसदहरूले एक वर्षमा आफूले गरेका कामको प्रगति विवरण र आगामी कार्य योजना प्रस्तुत गरिरहेका छन् ।

ठूला राजनीतिक दलहरु आगामी चुनावलाई लक्षित गरेर देशव्यापी अभियानमा जुट्दा रास्वपाले पनि मधेशमा आफ्नो प्रभाव बढाउन जलेश्वरमा बैठक राखेको हो ।