
धनकुटा । धनकुटामा मात्र मुख्य बसोबास रहेको आठपहरिया राई जातीको मुख्य पर्व वडाङ्गमेट यहाँका आठपहरिया राईहरुले धुमधामका साथ मनाइरहेका छन् ।
१५ दिनसम्म मनाइने यस पर्वमा पितृको संम्झना गर्ने गरिन्छ । धनकुटा नगरपालिकाको सान्ताङ्ग, बेलाहारा, छारागाउँ, भीरगाउँ लगायत आठपहरिया बस्तीहरुमा यो पर्व मनाईदैछ ।
यस पर्वमा वर्षदिन भरी आफन्त गुमाएका परिवारले शुद्ध रहेर नाच गाँन गर्ने चलन रहेको छ ।
यस पर्वमा धनकुटादेखि हिड्दै बराहक्षेत्रमा गएर नुहाउने तथा परिवारका सदस्यको मृत्यूको पीडा कोकाहा खोला र तमोरमा बगाउने परम्परा समेत छ ।
यस पर्वको अवसरमा धनकुटा नगरपालिकाले नगरपालिकाभित्र दुई दिन सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्