
काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले रातो रहेर थामियो ।
तिब्र उतार चढावबीच बजार परिसूचक नेप्से २ अंकले ऋणात्मक रही १८ सय ९४ कायम भएर थामियो ।
आइतबार ४७ अंकले उछाल आएको बजार सोमबार दोहारो अंकले ओरालो लागेको थियो । मंगलबार पटक पटक सकारात्मक रहेर १९ सय माथि पुगेको नेप्से बजार बन्द हुँदा पुनः रातो रहेर थामिएको हो ।
मंगलबार कारोबार पनि घटेर सवा अर्बमा सीमित रह्यो । मंगलबार ८ वटा समूह रातो रहँदा ५ वटा हरियो रह्यो । होटल तथा पर्यटन, उत्पादनमूलक, वित्त, जलविद्युत र सामूहिक लगानी कोषबाहेक अरु समूह ओरालो लागे ।
होटल तथा पर्यटन समूहमा ३ प्रतिशत बढीको वृद्धि आयोे । व्यापार समूहमा सबैभन्दा उच्च १ प्रतिशतको गिरावट आयो । मंगलबार २ सय ९० कम्पनीको ४७ लाख कित्ता शेयर १ अर्ब २८ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
मंगलबार १ सय २ कम्पनीको शेयर मूल्य बढ्दा १ सय २६ कम्पनीको घटेको पनि नेप्सेले जनाएको छ । मंगलबार बुद्धभुमि हाइड्रोका लगानीकर्ताले १० प्रतिशत बराबर कमाउँदा मन्दाकिनी हाइड्रो शेयर पनि ९ प्रतिशतले बढ्यो ।
प्रतिक्रिया दिनुहोस्