२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आधिखोला महोत्सव गर्दै


494
Shares

काठमाडौं । स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आधिखोला महोत्सव,२०८० आयोजना गर्ने भएको छ ।

कमर्सले कृषि, पर्यटन, उद्योग र व्यवसाय विकास हाम्रो शान, दोस्रो स्याङ्जा आधिखोला अभियान भन्ने नारासहित स्याङजाको पुतलीबजार खेल मैदान पौष १९ गतेदेखि माघ २ गतेसम्म मेला आयोजना हुन लागेको हो ।

कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन तथा सस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र स्याङ्जा चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा मेला आयोजना हुन लागेको स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मीले बताउनुभयो । उहाँले महोत्सवले स्याङ्जाको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित हुने अपेक्षा रहेको बताउनुभयो ।

अध्यक्ष रेग्मीले स्याङ्जाको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । उहाँले महोत्सवमा २०० स्टलहरु रहने बताउनुभयो । उहाँले महोत्सवमा ३ लखा भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको बताउनुभयो ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवद्र्धन एकै थलोबाट राउँदै गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्‍याउने रहेको छ । महात्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न आवश्यक ज्ञान,उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ । त्यस्तै, मेलाले आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्न सहयोग मिल्ने छ ।

मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।