८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शेयर बजारमा १८ अंकको गिरावट


364
Shares

काठमाडौं । आइतबार ४७ अंकले उकालो लागेको शेयर बजार त्यसपछिका दिनमा लगातार ओरालो लाग्दै आएको छ ।

बुधबार बिहान नेप्सेको प्रणालीमा समस्या देखिएपछि निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो खुलेको बजार करिब १८ अंकले ओरालो लागेर १८ सय ७६ मा रोकिएको छ । बुधबार कारोबार रकम पनि १ अर्बमा सिमित भयो ।

सबै उपसुचक रातो बनेको आजको बजारमा उत्पादन समूहमा २ प्रतिशत र अरु समूहमा १ प्रतिशत बढीको गिरावट आयो । घटेको बजारमा पनि विजय लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशत बराबर कमाएका छन् ।

बुधबार २ सय ८५ वटा कम्पनीको ३३ लाख कित्ता शेयर १ अर्ब १ करोड रुपैयाँमा किनबेच भएको छ । बुधबार ४२ वटा कम्पनीको शेयर मुल्य बढ्दा १ सय ९२ कम्पनीको मूल्य घटेको छ ।