
काठमाडौं । खाल्डोमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका ८ जनालाई चितवन निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ ।
गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागविहीन दुईवटा गैंडा फेला परेका थिए । सोही गैंडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ लेबर्टका रमेश खाती, थिङ बाजे भनिने मनहरी–६ नयाँ बस्तीका सीताराम थिङ, राक्सीराङ–९ का समशेर थिङ रहेको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, राप्ती–११ का आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका–६ फागमका अर्जुन रोका, गोरखा बारपाकका धनबहादुर गुरूङ, चितवन कोराकका उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहर इन्द्रबहादुर तमाङ छन् ।
पक्राउ परेकाहरुलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको निकुञ्जका सुचना अधिकारी रहेका गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । गैंडा मुद्दामा अपराध पुष्टि भएमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्