१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीभित्रको गुटगत लडाईले सिमा नाघ्यो : शेखर कोइराला


650
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको गुटगत लडाईले पार्टीको आगामी मिसन पूरा नहुने ठोकुवा गर्नुभएको छ ।

नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले गरेको जिल्ला सम्मेलनमा बोल्दै नेता कोइरालाले केही जिल्लामा गुटगत लडाईले पार्टी संगठन कमजोर भएको बताउनुभयो । पार्टी भित्रको आन्तरिक लडाईले २०८४ सालको चुनावी मिसन पूरा नहुने उहाँको भनाइ थियो ।

नेता कोइरालालले २०८४ सालमा हुने निर्वाचनमा कांग्रेस एक्लै लड्ने दाबी गर्दै यसका लागि पार्टीको आन्तरिक एकता जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरुका नेतृत्वका कारण जनतामा निराशा छाएको आरोप पनि लगाउनुभयो ।

कोइरालाले आफू केही जिल्लामा जाँदा पार्टीको एउटा पक्षले बहिष्कार गरेको देखेको र परासीमा पनि त्यस्तै, हुँदा दुःख लागेको बताउनुभयो । जिल्ला समितिले आफूखुसी कार्यक्रम गरेको भन्दै संस्थापन पक्षका नेता–कार्यकर्ता अनुपस्थित रहे ।

आगामी पार्टीको नेतृत्व आफूले गर्ने संकेत गर्दै नेता कोइरालाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताउनुभयो ।