१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेको मध्यपहाडी लोकमार्ग अभियानयात्रा आज दैलेखमा


494
Shares

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोकमार्गअन्तर्गत शुरु भएको समृद्धिका लागि संकल्प यात्रा आज दैलेख पुग्ने भएको छ । अछामको मंगलसेनबाट मंसीर १४ गते शुरु भएको १५४ किलोमिटर लामो यात्रा चौथो दिन आइतबार दैलेख पुग्ने भएको हो ।

आज कर्णाली प्रदेशको दैलेखस्थित राकममा आमसभा हुने भएको छ । एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले दैलेखका जम्बुकाँध, चगत्रा र श्रीस्थानमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने ओलीले श्रीस्थानमा पेट्रोलियम उत्खनन कार्यको अवलोकन पनि गर्नुहुनेछ ।

यात्राका क्रममा एमालेले मध्यपहाडी लोकमार्गको दूरी घटाउने उद्देश्यले सर्वेका लागि ईञ्जिनीयरहरुको टोली पनि सँगै लगेको छ ।