१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाल सुपर लिग फुटबलमा काठमाडौँ रेजर्स र झापा एफसी भिड्दै


325
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौँ रेजर्स र झापा एफ.सी.बीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ । साविक विजेता काठमाडौं रेजर्स प्रतियोगितामा दोस्रो जितको खोजीमा छ ।

काठमाडौंले यसअघिका दुईमध्ये एक खेल जितेको छ भने एकमा बराबरी खेलेको छ । उता झापा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । झापाले सुरुवाती दुईमध्ये एक खेल गुमाउँदा एकमा बराबरी गरेको छ ।

एनएसएल फुटबलमा आइतबार बुटवल लुम्बिनी एफ.सी ले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनीले इलाम एफ.सी.लाई २–१ ले हराएको हो । लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले एक–एक गोल गरेका थिए । इलामका अब्दुलायेले एक गोल फर्काए ।

एनएसएल फुटबलमा तीन खेलबाट ७ अंक जोडेको धनगढी एफ.सी शिर्ष स्थानमा रहँदा ५–५ अंक जोडेका पोखरा र ललितपुर क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।