
काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा दैलेख पुगेको छ ।
आजै एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको दुल्लु भैरबीस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकसमेत गर्नुभएको छ ।
एमालेले शुरु गरेको झुलाघाट चिवाभञ्याङ यात्राका अभियान अन्तर्गत आज सुर्खेतमा आयोजना गरिएको जनसभामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
यात्रा अन्तर्गत नेकपा एमालेका अध्यक्ष ओलीले स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरूसँग सामूहिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
अध्यक्ष ओलीले आजै उद्योगी, व्यापारी, बुद्धिजीवीहरूसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्