१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ


0
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷०८१को प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूबाट तीन करोड ३१ लाख ८१ हजार १ सय ९८ रुपैयाँ बराबरको सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

चीनबाट आयात गरिएका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी लगायतका स्थानमा भरिया र सवारी साधनहरु मार्फत काठमाडौं लैजाने क्रममा प्रहरीले बरामद गरेको हो ।

चोरी निकासी नियन्त्रण गर्न रसुवागढी नाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल खटिएका छन् । गत वर्ष पनि प्रहरीले एक करोड ५१ लाख ५६ हजार २ सय ३० रुपैयाँ बराबरको सामग्री बरामद गरेको थियो ।