
काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धमा भने भोलि(मंगलवार) बस्ने बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले पार्टी महाधिवेशनका लागि पूर्व निर्धारित मिति(माघ १४–१८)मा गर्नका लागि देशको अवस्था र तयारीको कारण प्रभावित पारेको भन्दै सो सम्बन्धमा आवश्यक निर्णय हुने बताउनुभयो ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता खतिवडाले मध्यावधि निर्वाचनको कुनै सम्भावना नभएको बताउनुभयो । उहाँले केही राजनीतिक दलहरुले सरकारलाई अस्थिर बनाउने र कमजोर पारी राजनीतिक रोटी रोक्नका लागि मध्यावधिको हल्ला गरेको टिप्पणी गर्नुभयो ।
एकीकृत समाजवादीको सचिवालय बैठक मंगलबार बिहान ११ बजे पुनः बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्