
काठमाडौं । आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छाना भएको एक तले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भइ एलपी ग्यास सिलिण्डर पड्किँदा उक्त घटना भएको जनाइएको छ । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको हो । उनको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्