
काठमाडौं । नेपालीलाई अवैध रुपमा रुसी सेनामा भर्ती हुन रुस पठाउने १५ जनालाई पक्राउ परेका प्रहरीले पक्राउ गरेको छ ।
केही दिन अघि देखिको अप्रेशनमा हालसम्म काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरी बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र जोर्ने डाँगी लगायत रहेको जर्नाको छ ।
विश्वकर्मा र दाहाल मुख्य एजेन्ट भएको प्रहरीले जनाएको छ । अनुसन्धान र खोजीकारी जारी रहेको र थप पक्राउ हुन सक्ने प्रहरीले जनाएको छ । उनीहरुले प्रतिव्यक्ति १२ लाख रुपैयाँ असुल गरेर भारतको दिल्ली हुँदै नेपालीलाई रुस पठाएर सेनामा भर्ती गराउने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्