१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना


1.651k
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।

गृहमन्त्री श्रेष्ठलाई छातीमा असहज महशुस भएपछि मंगलबार राति बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा उहाँ भर्ना हुनुभएको हो ।

उहाँको आंशिक अवरोध रहेको मुटुको धमनीमा एन्जिओप्लास्टी सर्जरी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

डा. अरुण मास्केसहितको चिकित्सक टोलीले उक्त सर्जरी गरी अहिले आईसीयूमा उपचाररत श्रेष्ठको अवस्था स्थिर रहेको जनाइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार गत कात्तिक १ गते चीनमा हृदयघातपछि उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमै श्रेष्ठको मुटुको अर्को तिरको धमनीमा समेत केही अवरोध देखिएको थियो ।