१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महिला हिंसा अन्त्यका लागि एकजुट हुन मन्त्री आचार्यको आग्रह


52
Shares

काठमाडौं । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री आचार्यले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । उहाँले महिला हिंसाविरुद्धको अभियानमा पुरुषको सहभागिता बढाउन जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री आचार्यले महिलालाई आर्थिक रुपमा सम्पन्न गराएर उनीहरुमाथि हुने सबै प्रकारको विभेद गर्ने अभियान सरकारले अघि बढाए पनि त्यसका लागि विनियोजन गरिएको बजेट सदुपयोग हुन नसकेको गुनासो गर्नुभयो । उहाँले महिला हिंसा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आचार्यले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले महिला सशक्तिकरणको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।