
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा आइतबार साँझ भीषण आगलागी हुँदा करौडौको क्षति भएको छ ।
त्रियुगा नगरपालिका ११ स्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको पछाडि मोटरसाइकल ग्यारेजबाट आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी हुनासाथ त्रियुगा नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न खोजे पनि आगो नियन्त्रणमा नआएपछि रौतामाई गाउपालिका र चौदण्डीगढी नगरपालिकाको दमकलबाट आगो नियन्त्रण गरिएको हो ।
स्थानीय, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहायतामा आगलागी भएको चार घन्टामा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्