
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् ।
दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलबाट ८ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ भने पाँच अंक जोडेको काठमाडौं छैटौं स्थानमा रहेको छ ।
आजको खेल जितेको खण्डमा पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । यसैगरि काठमाडौंले पनि आजको खेल जितेको अवस्थामा शीर्ष स्थानको ललितपुरसँग अंक बराबरी गर्नेछ ।
हिजोको खेलमा एफ.सी चितवनलाई ३–१ ले हराएको ललितपुर सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ । ललितपुरको ५ खेलबाट ९ अंक छ ।
प्रतिक्रिया दिनुहोस्