२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


किसानलाई मकैको खोस्टाबाट टोपी र झोला बनाउने तालिम


1.469k
Shares

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले किसानलाई मकैको खोस्टाबाट टोपी, झोला र ढक्कीलयागतका सामाग्री बनाउने तालिम दिएको छ ।

भुमिकास्थान नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ देखि सञ्चालनमा ल्याएको कर्मशिल जनशक्ति परिचालन कार्यक्रम अन्र्तरगत मकैको खोस्टा र थाकलको पातबाट हस्तकलाका सामान तयार गर्ने जनशक्ति उत्पादन गरेको नगरप्रमुख झविलाल थापाले बताउनुभयो । उहाँले यसबाट रोजकारी सृर्जना पनि हुन सक्ने बताउनुभयो ।

खेर गएको मकैको खोस्टाबाट सामाग्री बनाउन सिकाएर तयारी सामान नगरपालिकाले खरिद गरिदिने भएपछि भुमिकास्थानका किसानहरुमा खुशी भएका छन् ।

नगरपालिकाभित्र रहेका १० वटा वडालाई समेटेर तालिम सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले जानकारी दिनुभयो । एक महिनासम्म सञ्चालन भएको तालिममा एक सय किसानको सहभागीता रहेको उहाँले बताउनुभयो ।

मकैको खोस्टा र थाकलको पातबाट झोला, टोपी र ढक्की बनाउने ३० दिने तालिमबाट भुमिकास्थानमा एक सय जनशक्ति तयार भएका छन् । तालिममा ओम राजश्री मल्टि एग्रो प्राली काठमाडौंको प्राविधिक सहयोग गरेको थियो ।