१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रास्वपा संसदीय दलको बैठक : संसदीय दलको विधान सम्बन्धमा छलफल


208
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेको छ ।

सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । उहाँले बैठकमा संसदको आगामी अधिवशेनको सम्बन्धमा तयारीबारे पनि छलफल भएको बताउनुभयो ।

बैठकमा अन्य समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको हो ।