
सिन्धुली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिन्धुलीको खुर्कोट पुग्नु हुने भएको छ ।
संवृद्धिका लागि संकल्प यात्राका क्रममा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सम्मको यात्रामा रहनु भएका ओली मंगलवार सिन्धुलीको खुर्कोट पुग्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओली सहितको टोली मंगलवार बिहान सिन्धुलीको खुर्कोटमा आउने कार्यक्रमको तयारी पुरा भएको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।
संकल्प यात्राका क्रममा अध्यक्ष ओलीले आज सिन्धुलीमा नेकपा एमालेका संस्थापक नेता ऋषिराज देवकोटा (आजाद)को भूमि खुर्कोटमा जनसंवादमा सरिक भएर सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसै क्रममा सिन्धुली जिल्लामा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन र प्रगति तथा मध्य पहाडी लोक मार्ग अन्तरगत सरकारले बनाउन लागेको नयाँ शहर विकास कार्यक्रम र स्थानीय समस्याहरूको विषयमा जानकारी लिने कार्यक्रम तय भएको जनाइएको छ ।
अध्यक्ष ओलीले सिन्धुली जिल्लाको गोलन्जोरको देउरालीटार नेपाल कम्युनिस्ट पार्टीको २००८ मा गठन बारे जानकारी लिने र ग्वालटारमा पुगेर शहीद बाबुराम बरालको सालिकमा माल्यार्पण गर्ने र स्थानीयँसँग भेटघाट गर्ने कार्यक्रम छ ।
यसैगरी सुलिभन्ज्यामा सहिद आजाद मार्गको स्थलगत अवलोकन, खाङसाङमा मदन–आश्रित प्रतिष्ठान फिक्कलको अवलोकन र स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
यसैगरि आज अध्यक्ष ओलीले सिन्धुली, उदयपुर, खोटाङ जिल्लाको सिमानामा पर्ने ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्