
web pic
काठमाडौं । प्रहरीले ललितपुरको झम्सिखेलबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको हो ।
राईलाई नियन्त्रणमा लिने क्रममा आक्रमण गर्न खोजेपछि प्रहरीले १ राउन्ड गोलीसमेत चलाएको थियो । गोली लागरेर राई घाइते भएका छन् । राईको साथबाट कटुजा पेस्तोल, दुईवटा गोली र आधा किलो आइस ड्रग बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईमाथि आवश्यक छानिबन भइरहेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्