१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढुङ्गा, गिट्टि, बालुवा चोरी पैठारी गरेको अभियोगमा ५६ सवारी नियन्त्रणमा


741
Shares

काठमाडौं । कास्की प्रहरीले विभिन्न स्थानमा नदि जन्य पदार्थ ढुङ्गा, गिट्टि, बालुवा उत्खनन् गरि चोरी पैठारी गरेको अभियोगमा ५६ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।

चोरी निकासी गर्नेहरुले नक्कली बिल समेत बनाइ चोरी निकासी गर्दै आइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की लगायत मातहतका प्रहरी परिचालन गरि उक्त ट्रकहरु नियन्त्रणमा लिइएको हो ।

ढुङ्गा गिट्टि बालुवा चोरी निकासी गर्नेसँग भ्याट बिल, आवश्यक कागज पत्र नभएको समेत नभएको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएको ट्रकहरु आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिका पठाइएको प्रहरीले जनाएको छ ।