
काठमाडौं । नेपाल सुपर लिग फुटबलमा आज पुछारका दुई टोली वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दैछन् ।
प्रतियोगितामा वीरगञ्जको यो पाँचौ खेल हो भने इलामको छैटौं खेल हो । पाँच खेलबाट ४ अंक जोडेको इलाम तालिकाको आठौ स्थानमा रहँदा चार खेलबाट २ अंक मात्रै जोडेको वीरगञ्ज नवौं अर्थात पुछारमा छ ।
वीरगञ्ज आज पहिलो जितको खोजीमा हुँदा इलाम दोस्रो जित निकाल्न चाहन्छ । एनएसएल फुटबलमा मंगलबार झापा एफ.सी.ले पहिलो जित निकालेको छ ।
दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनीलाई १–० ले हराउँदै झापाले पहिलो जित दर्ता गरेको हो । झापाका लागि खेलको ३९औँ मिनेटमा योर्गे सान्चेजले निर्णायक गोल गरे ।
यो जितसँगै ५ खेलबाट ६ अंक जोडेको झापा लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ । शीर्षस्थानमा पुग्ने अवसर गुमाएको बुटवल ७ अंकसहित पाँचौं स्थानमा यथावत छ । पहिलो स्थानको ललितपुरको ९ अंक छ भने ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्