१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक मन्दीका कारण पर्साका १७७ उद्योग बन्द


1.859k
Shares

काठमाडौ । पर्सामा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको देखिएको छ । आर्थिक मन्दीका कारण आर्थिक वर्ष २०७९÷८० मा पर्साका १७७ उद्योग बन्द भएका छन् ।

आर्थिक वर्ष २०७९÷८० मा १७७ उद्योगले लगत कट्टा गराएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा भने पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले उद्योगहरु बन्द हुँदै गएको घरेलु तथा साना उद्योग कार्यालय पर्साले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९÷८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आर्थिक वर्ष २०७८÷८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

कार्यालयका अनुसार आव २०७९÷८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७९÷८० मा एक करोड ६ लाख ३९ हजार २५० रुपैयाँ राजस्व संकलन भएको थियो भने चार हजार ४६० जनाले रोजगारी पाएको बताइएको छ ।