
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।
काठमाडौं महानगरपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ कच्चा सुर्ति, खैनि, गुट्टका, सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले यहि मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ प्रतिबन्ध गरिएको बताउनुभयो । उहाँले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताउनुभयो ।
प्रवक्ता मानन्धरले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिनुभयो । उहाँले अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने बताउनुभयो । उहाँले पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने बताउनु उल्लेख गर्नुभयो ।
प्रवक्ता मानन्धरले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाएको बताउनुभयो । उहाँले सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने बताउनुभयो । उहाँले जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न,शहरी सौन्र्दयता कायम राख्न र भूमी तथा वातावरणीय असर न्युनिकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले मंसिर २९ शुक्रबार महानगर दिवस बनाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्