
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर-गगन समूहमा कुनै फाटो नआएको दाबी गर्नुभएको छ ।
बुधबार काठमाडौंमा बसेको कांग्रेस नेता डा. शेखर कोईराला गुटको बैठकपछि बोल्दै नेता केसीले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूहरु लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताउनुभयो ।
नेता केसीले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै कांग्रेसले भ्रष्टाचारविरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने बताउनुभयो ।
नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरुको छानबिन गरी अन्तिम फैसला गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्