
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बिहीबार धनगढी एफ.सीले चितवन एफ.सीसँग सामना गर्नेछ ।
लिगमा धनगढीको यो पाँचौ खेल हो भने चितवनको छैटौं खेल हो । आजको खेल जितेको खण्डमा धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।
चार खेलबाट ८ अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको पोखरा थन्डर्सको समान ८ अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । ९ अंकसहित ललितपुर सिटी तालिकाको शीर्ष स्थानमा रहेको छ ।
एनएसएल फुटबलमा हिजो स्पोर्टीङ इलामलाई २–१ ले हराउँदै वीरगञ्ज युनाइटेडले पहिलो जित निकालेको छ । यो जितपछि वीरगञ्जले ५ खेलबाट ५ अंक बनाएको छ भने ६ खेल खेलेको इलामको ४ अंक छ । तालिकामा इलाम पुछारमा रहँदा वीरगञ्ज पुछारबाट दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्