२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मेची–महाकाली यात्राले जनतामा उत्साह थपेको छ : महासचिव पोखरेल


156
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मेची—महाकाली यात्राले जनतामा उत्साह थपेको बताउनुभएको छ । बिहीवार भोजपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

महासचिव पोखरेलले मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा ठिक निर्णय लिएको भन्ने पुष्टि भएको बताउनु भयो । उहाँले जनतामा निराशा पैदा गर्ने अवस्थालाई यात्राले उत्साह थपेको बताउनु भयो ।

पोखरेलले गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको बताउनु भयो । उहाँले यात्राले मुलुकलाई लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको बताउनु भयो । उहाँले पूर्वाधारको विकास र बसाईंसराईको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताउनु भयो ।

महासचिव पोखरेलले मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको बताउनु भयो । मध्यपहाडी यात्रा जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा सर्वाधिक सफल भएको बताउनु भयो ।