
web pic
काठमाडौं । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ११ बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडिको टायर पञ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका-३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिनुभयो ।
घाइते भएकाहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्