
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसदले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ ।
बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले संघीय संसदले बजेट पास गर्ने भएपनि संसदमै बजेट कम भएर आवश्यक कार्यक्रमहरु गर्न नसकिएको भन्दै उहाँले आवश्यक बजेट दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले संघीय संसदले अस्वभाविक रुपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसदको अधिवेशन र समितिहरु चलाउनका लागि भने आवश्यक बजेट नघटाइ दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्