१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद सेवामा कार्यरत कर्मचारीको सेवा, सुविधा बढाउन प्रयत्नगर्छु : मन्त्री गुरुङ


182
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन प्रयत्न गर्ने बताउनुभएको छ ।

बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले यस सन्दर्भमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्ने बताउनुभयो ।

मन्त्री गुरुङले पहिलो र दोस्रो संविधान सभाको पालामा संसदका कर्मचारीहरु रातभर काम गर्नुपरेको कुरा स्मरण गर्दै कर्मचारीहरुको कामप्रतिको लगावप्रति आफू नतमस्तक भएको बताउनुभयो । संसदका कर्मचारीहरुको कम प्रतिको तदारुकता, जाँगर, परिश्रम र मेहनत अतुलनीय रहेको भनदै उहाँले आफूले उनीहरुको दुःख बुझ्ने बताउनुभयो । उहाँले आफू कर्मचारीहरुको मित्र भएको भन्दै उनीहरुको सुख, दुःखमा सधैँ साथ दिने बताउनुभयो ।

मन्त्री गुरुङले संसद सेवाको कर्मचारीहरुको वृत्ति विकासमा पनि ध्यान दिइने बताउनुभयो ।